एमालेसँग एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलसँग छैन : ओली

एमालेसँग एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलसँग छैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलहरुसँग नरहेको बताएका छन्। 

व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरमा संचालनमा ल्याएको ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ को उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले ५ दलीय गठबन्धन ५ केजीको र एमाले एक क्वीन्टलको रहेकाले तुलना गर्नै नमिल्ने पनि बताए। उनले आगामी चुनावमा एमालेले जित्नेमा कुनै शंका नगर्न पनि उपस्थितहरुलाई आग्रह गरे।

ओलीले एमालेले मात्र देश बनाउने अभियान संचालन गर्न सक्ने पनि दाबी गरे। 

भक्तपुरको सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ। झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो। 

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन्। सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो। बजारमा दुई हजार २०० कक्ष रहेका छन्। चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरि उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए।

Skip This
Logo