विदेशी ऋण र अनुदानले नेताका घर मात्र अग्ला भए जनता भने झुपडी मै: कांग्रेस नेता भण्डारी

विदेशी ऋण र अनुदानले नेताका घर मात्र अग्ला भए जनता भने झुपडी मै: कांग्रेस नेता भण्डारी


नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विदेशी ऋण र अनुदानले नेताको घर मात्र अग्ला भएको बताएका छन् ।

बुधवार केन्द्रबिन्दुसँगको अन्तर्वार्ताका क्रममा नेता भण्डारीले यस्तो बताएका हुन् । 

यस्तो हुनुको कारण हामी नेपालीको सोच राम्रो नभएको नेता भण्डारी बताउँछन् । उनले भने ‘हामी न दक्षता खोज्छौ न कर्मको सम्मान गर्छौँ । विदेशी ऋण र अनुदानको सही सदुपयोग गर्न हामी सही मान्छे सही ठाउँमा पुर्‍याउँदैनौ । त्यसले समस्या निम्त्याउँछ ।’

विदेशबाट ऋण अथवा अनुदान आउँदा त्यसबाट कति कमिसन खान सकिन्छ भन्ने मानसिकता नेतृत्वमा भएको नेता भण्डारीको बुझाइ छ । ऋण र अनुदान आउँदा आवश्यकताका योजना के हो भनेर टुँगो लगाउन आवश्यक भएको उनी बताउँछन् । उनले भने ‘भिउ टावरको उद्घाटन गरियो । करोडौँ खर्च गरिएको छ । छेउमा दुई चार सय विद्यार्थी पढ्ने एउटा स्कुल छ जहाँ राम्रो ट्वाइलेट बाथरुम छैन । त्यसैले आवश्यकता के हो त्यो खुट्याउनु पर्याे’

आजको केन्द्रबिन्दु संवादमा हामीले यिनै र यस्तै विषयमा केन्द्रित रहेर नेता चन्द्र भण्डारीसँग कुराकानी गरेका छौँ । हेरौं यो भिडियो:

 

Logo