नेपाल बारको मतगणना जारी, ६ ठाउँमा गणना गरिँदै

नेपाल बारको मतगणना जारी, ६ ठाउँमा गणना गरिँदै


नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। 

मंगलवार बिहान नौ बजेबाट सुरु गर्ने भनिएको मतगणना कार्य केही ढिला गरि पौने १० बजेबाट सर्वोच्च अदालत परिसरमा सुरु भएको हो।

सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना कार्य भइरहेको छ। निर्वाचन अधिकृत सानुराज पोखरेलका अनुसार सर्वोच्च अदालतको १ नम्बर हलमा सर्वोच्च अदालतको मतगणना गर्ने कार्य भइरहेको छ भने २ नम्बरमा वीरगञ्ज, पर्सा मतदान केन्द्रको मतपत्रहरुको मतगणना गरिएको छ। 

त्यस्तै तीन नम्बरमा ललितपुर मतदान केन्द्रबाट आएको मत गणना गरिएको हो भने ४ नम्बरमा सर्लाहीको मतदान केन्द्रको मतगणना भइरहेको छ।

निर्वाचन अधिकृत पोखरेलले पाँचौँमा लाइबेरी कक्षमा इलाम मतदान केन्द्रको मतगणना कार्यको प्रारम्भ भएको छ भने छैटौँमा मेलमिलाप केन्द्र सभा कक्षमा महेन्द्रनगर मतदान केन्द्रको मतगणना कार्यको प्रारम्भ भएको बताए। उनले अनुसार अबको केही समयपछि मतगणनाको सुरु नतिजा प्रकाशन गर्नेछ।

 

Logo