सम्धीका साडुभाइलाई मन्त्री पद उपहार (भिडियाे)

सम्धीका साडुभाइलाई मन्त्री पद उपहार (भिडियाे)


प्रतिनिधि सभा पुनस्र्थापनामा जारी भएको परमादेशको मूल्य माग्दै आएका कानुन व्यवसायी गोविन्द बन्दी अन्ततः सात महिना पछि कानुन मन्त्री बनेका छन् ।

 उनले परमादेको मूल्य चुकाउन आफूलाई कानुन मन्त्री बनाउनुपर्ने माग नेकपा एससँग गर्दै आएका थिए । बन्दी नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेका साडुभाइ हुन् । 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार हटाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न सर्वोच्च अदालतबाट परामादेश जारी गर्न बन्दीको भूमिका उल्लेख्य थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसदमा टेबल भएको महाभियोगको ड्रफ्ट बन्दीले नै तयार पारेको चर्चा पनि सर्वोच्च अदालतमा अहिले पनि छ ।

उनी महाअभियोग सम्बन्धमा दलहरुबीच बालुवाटारमा भएका बैठकमा समेत उपस्थिति हुने गरेका थिए ।  त्यति मात्र हैन बालुवाटार जग्गा प्रकरणमा अख्तियारमा माधव नेपाललाई बयान दिन जान नपर्ने वातावरण समेत बन्दीले बनाइदिएका हुन् ।

त्यति मात्र हैन बालुवाटार जग्गा प्रकरणमा अख्तियारमा माधव नेपाललाई बयान दिन जान नपर्ने वातावरण समेत बन्दीले बनाइदिएका हुन् ।

प्रधानन्यायाधीश निलम्बन भएपछि माधव नेपालसहित १४ जनाविरुद्ध सर्वोच्चमा दायर मुद्दा पछि धकेलिदै आएको छ भने ललिता निवास प्रकरणसम्बन्धी फायलमा नेपालको नाम छोपिएको छ।  

साडुदाइका सम्धी माधव नेपाललाई विसम परिस्थितिमा गरेको गुनको उपहार स्वरुप बन्दीले बिहीबार झण्डावाल गाडी पाएका छन् । राष्ट्रिय सभाको रिक्त एक पदमा समेत उनको नाम सिफारिस हुने चर्चा पनि सुरु भएको छ । 

राष्ट्रिय सभाको रिक्त एक पदमा समेत उनको नाम सिफारिस हुने चर्चा पनि सुरु भएको छ । 

रिक्त २० मध्ये १९ जना निर्वाचित भएर आइसकेका छन् भने सरकारको सिफारिसमा एक जना राष्ट्रपतिले मनोनित गर्न बाँकी छ । तर कांग्रेसले नीर शाहको नाम अघि सारेको छ भने माओवादीले रामनारायण बिडारीलाई नै निरन्तरता दिन चाहेको छ । त्रिपक्षीय यो प्रतिस्पर्धामा सम्धी नेपालको काँध कति बलियो छ भन्नेमा बन्दीको मन्त्री कार्यकाल निर्धारण हुनेछ ।

 

Logo