सामाजिक सञ्जालको गतिविधि नियमन गर्न कार्यदल गठन

सामाजिक सञ्जालको गतिविधि नियमन गर्न कार्यदल गठन


निर्वाचन आयोगले डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल गरेको छ । आयोग पदाधिकारीको बैठकले चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका एक जना इन्जिनियर गरी सात जना रहेको कार्यदल गठन गरेको हो।

सो कार्यदलले स्थानीय तह निर्वाचनको समयमा सामाजिक सञ्जालको गतिविधि नियमन गर्नुको साथै कारबाहीको सिफारिस गर्ने छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ । 

उनले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताए । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नेछन् । आयोगका अनुसार उत्तर कार्यदलले हाल अनुगमनका स्वरूप तय गरिरहेको जनाएको छ । 
 

Logo