लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्दै

लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्दै


आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने भएकी  छन् । सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि विदाई गरेको हो ।

कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन् ।  

१० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको उनको भनाइ छ । उनले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भुमिका खेल्न आवश्यक रहेको बताइन् ।  

आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको भन्दै १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाने उनको तयारी छ ।  

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गरेकि थिइन् । त्यसपछि क्रमशः २००१,२००३, २००४, २००५, २००७, २०१६,२०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरिन् । 

लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गरिन् । १० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला समेत हुन् । 

Logo