स्थानीय तह निर्वाचन : एमाले स्वास्थ्य तथा जनसंख्या विभागको २१ बुँदे सुझाव

स्थानीय तह निर्वाचन : एमाले स्वास्थ्य तथा जनसंख्या विभागको २१ बुँदे सुझाव


स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले २१ बुँदे सुझाव पेस गरेको छ । एमाले घोषणापत्र मस्यौदा समितिलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सुझाव पेस गरेको हो । 

उक्त सुझाव पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको थियो ।   

एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समितीले पार्टीका विभिन्न तह, विभाग तथा बुद्धिजीवीहरुबाट सुझाव आह्वान गरेको थियो । 

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमले सुझाव पेश गरेका हुन् । 

नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षीय योजना तथा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयगत कानुनले निर्दिष्ट गरेका प्रावधानहरूको कार्यान्वय गर्न तिर लाग्न सुझाव दिइएको छ ।

निरोगी नेपालमार्फत् 'सुखी नेपाली र सम्वद्ध नेपाल' को राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार र राज्यको दायित्व भएको कुरालाई समेत आत्मसात गर्न सुझाव पेस गरिएको छ । 

स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने भनेर घोषणापत्र बनाउन सुझाव दिइएको छ । 

Logo