दाहाल, भट्टराई र यादवबीच भेटवार्ताः ‘सामान्य गफगाफ मात्रै भयाे’-यादव

दाहाल, भट्टराई र यादवबीच भेटवार्ताः ‘सामान्य गफगाफ मात्रै भयाे’-यादव


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। 

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन्। 

आइतबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामुहिकरुपमा छलफल गरे। 

छलफलपछि नेताहरु सिंहदरबारबाट सँगसँगै बाहिरिएका थिए। भेटपछि  संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए। 

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन। गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आबद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो।

Logo