माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल माओवादी केन्द्रमै प्रवेश

माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल माओवादी केन्द्रमै प्रवेश


गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियानका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। 

उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए। माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिवद्धता छ। 

नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए । 

माओवादीमा प्रवेश भएका नेताहरूलाई उचित जिम्मेवारी  दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।

Logo