कंगनाको घरमा डोजर, मल्होत्रालाई पत्र- ‘तपाईको घरको परिसर किन नभत्काउने ?’

कंगनाको घरमा डोजर, मल्होत्रालाई पत्र- ‘तपाईको घरको परिसर किन नभत्काउने ?’


मुम्बई महानगरपालिकाले डिजाइनर मनीष मल्होत्रालाई पनि कारण देखाउ आदेश जारी गरेको छ।

महानगरपालिकाको सूचना अनुसार मनिष मल्होत्रामाथि भवनको पहिलो तल्लामा आवसीय प्रयोजनको लागि बनाइएकोमा अनुमति नलिई व्यवसायिक प्रयोजन अनुसार प्रयोग गरिएको छ। यो बाहेक उनलाई अनाधिकृत निर्माण र पुरानो संरचनामा बदलाव ल्याइएको आरोप पनि लागेको छ।

बीएमसीको नोटिसमा भनिएको छ, ‘मुम्बई महानागरपालिका कानुन १८८८ को सेक्सन ३५१ (१) र चार अप्रिल, २०१३ को अधिसूचना अनुसार यो नोटिस दिइएको छ कि मनीष मल्होत्राले विना अनुमति आफ्नो आवासीय परिसरमा निर्माण कार्य गरेका छन्।’ बीएमसीले मल्होत्राको परिसरमा निर्माण गरिएको संरचना किन नभत्काउने भन्दै प्रश्न गरेको छ। यसको जवाफ दिन बीएमसीले उनलाई सात दिनको समय दिएको छ।

यो सूचनाको जवाफ दिनको लागि मनिष मल्होत्रालाई सात दिनको म्याद दिइएको छ।

यस अघि बुधबार मुम्बईको नगर निगमले अभिनेत्री कंगना रणावतको कार्यालय भत्काएको थियो। कंगनाले कार्यालयको भवन अवैध रुपमा बनाएको बताउँदै नगर निगमले सूचना पनि टाँसेको थियो। तर कंगनाको जवाफ नआएपछि नगर निगमले बुधबार डोजर नै चलाएको थियो। उनको कार्यालयको केही हिस्साहरु भत्काइएको छ।

कंगनाले शिवसेनासँगको टकराबकै कारण आफ्नो घर भत्काउने प्रयास गरिएको आरोप लगाएकी थिइन् ।  यसबीचमा  मुम्बईको उच्च अदालतले कंगनाको कार्यालय सेप्टेम्बर ३० सम्म नभत्काउन आदेश दिएको छ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा कडा रुपमा प्रस्तुत हुँदै आएकी अभिनेत्री कंगना रणावतको मुम्बईस्थित कार्यालय भत्काइएपछि उनी रुष्ट बनेकी छिन्।

कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा बोल्दै मुम्बईका प्रहरीलाई आफूले विश्वास नगर्ने र मुम्बई आफ्नो लागि घृणाको शहर भएको बताएकी थिइन् ।

Skip This
Logo