गृहमन्त्री खाँण सप्तरीमा

गृहमन्त्री खाँण सप्तरीमा


गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी पुगेका छन् ।

बिहान ११ बजे राजविराजमा निर्वाचन सुरक्षाबारे आयोजना हुने गोष्ठीमा सहभागी हुन मन्त्री खाँण  सप्तरी पेगेका हुन् । गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

विराटनगरबाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।

Logo