केशव स्थापितलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

केशव स्थापितलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण


नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई अन्तर्राष्ट्रिय ठगु भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो । 

Logo