१० असोज २०७८ आइतबार

बम पड्काएपछि प्रधानमन्त्रीको प्रतिक्रिया, 'विप्लव आतंककारी हो' (भिडियोमा)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढन नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारे ।

सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्‍याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको समूहको काम के हो ? भनि प्रश्न पनि गरे । ‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढन नदिने गम्भिर प्रयासहरु भईरहेका छन,’प्रधानमन्त्री ओलीको प्रश्न थियो,‘ कुन उद्देश्य, को संघको आक्रोशमा विरोध, चाहिएको के हो, मितिहरुको माग के हो ?’

प्रकाशित: १३ जेठ २०७६ २०:०१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी