काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने औपचारिक जानकारी दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक नियन्त्रणा आएपछि सपथग्रहण समारोहका सहभागी हुन भारत जान लागेको स्पष्ट पारे । प्रधानमन्त्री ओली आगामी जेठ १६ गते बिहीबार दिउँसो भारत प्रस्थान गर्नेछन् ।
सोही दिन साँझ हुने भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोलिपल्ट (शुक्रबार) प्रधानमन्त्री मोदीसँग सामान्य भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको भनाई छ ।
प्रकाशित: १४ जेठ २०७६ १९:४६ मंगलबार