निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न गृहमन्त्रीको अपिल

निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न गृहमन्त्रीको अपिल


गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन्।  आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन्। भोलि स्थानीय तह निर्वाचन हुँदैछ। 

स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपिलमा उल्लेख गरेका छन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म  शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’ उनले भनेका छन् ।

मतदाताको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्‍याउने उनले विश्वास लिएका छन् । 

Logo