झापाका पन्ध वटै पालिकामा मतगणना

झापाका पन्ध वटै पालिकामा मतगणना


जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए । 

उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ । 

यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । उनले  जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिए । 

Skip This
Logo