राजनीति

विप्लव आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी (भिडियोमा)

15 Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीले आउने दावी गरेका छन् ।

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पारे । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच पार्टीमा प्रवेश गराउँदै उनले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी पनि गरे ।

‘चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै हुन्छ ।,’ अध्यक्ष दाहालको आग्रह छ, ‘हामी सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न म सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गर्दछु ।’
अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्ने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पीछडिएका जनतालाई समृद्ध बनाउन सकिने पनि उल्लेख गरे ।

उनले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरी घर फर्किएको अनुभूति भएको पनि बताएका छन् । अध्यक्ष दाहालले राईलाई पार्टी भित्र उचित जिम्मेवारी दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको बताए । ‘म कुनै डर, धाक, धम्कीबाट सुरक्षित हुनका लागि नेकपामा आएको होईन,’ राईको स्पष्टिकरण थियो, ‘देश र जनताको हितमा केही गर्न सकिन्छ भनेर नेकपामा प्रवेश गरेको हुँ ।’

राईले पार्टी भित्र आफूले देश र जनताको हितका लागि सकेको योगदान दिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

प्रकाशित: १९ जेष्ठ २०७६ १७:३९ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी