हामी मदन भण्डारीले देखाएको पथमा छौंः माधव नेपाल

हामी मदन भण्डारीले देखाएको पथमा छौंः माधव नेपाल


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले देखाएको बाटो र सपना पूरा गर्ने आफ्नो पार्टी अगाडि बढेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले २५ औं मदन आश्रित स्मृति दिवस को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले देखाएको समाजको लोकतान्त्रिक करण तथा पार्टीको लोकतान्त्रिक करणलाई आफ्नो पार्टीले अनुसरण गरेको बताए । 

पार्टी समाजको लागी भएको भन्दै मदनले सारेको जनवादको मूल्य मान्यता आफ्नो पार्टीले अगाडि सारेको बताए । चुनाव भनेको जनताको जीवन सुधार गर्ने एउटा ठुलो माध्यम भएको भन्दै यो वैचारिक मान्यता प्राप्त गरेको पार्टीले यसको मान्यता  नचुकाएको बताए । 

उनले जनतामा चेतना जगाउन उनीहरूको जीवनस्तरमा सुधार नगरे जनताले यसको मूल्याङ्कन गर्ने बताए ।  दलहरू जनताको सेवक भएको भन्दै मदनको सपना आफ्नो पार्टीले पुरा गर्ने दाबी गरे ।

Logo