विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्ताव पेस

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्ताव पेस


प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । मंगलबारबाट सुरु भएको संसदको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् । 

उक्त प्रस्तावमाथि ४ र ५ जेठमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय ९बजेट० प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । 
 

Logo