विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदैछ : योगेश भट्टराई

विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदैछ : योगेश भट्टराई


प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् । 

‘अहिले पनि हामी मित्रराष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं। महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं। यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदैछ,’ भट्टराईले भने । 

प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए। रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए। 

Logo