प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै


प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। दुवै सदनका बैठक दिउँसो १ बजेका लागि बाेलाइएको छ। प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहनेछ। संसदमा हिजोदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ। अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ।

Logo