संसदीय सुनुवाई समितिमा श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई

संसदीय सुनुवाई समितिमा श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई


राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा.रामस्वार्थ रायकोविरुद्धमा परेका उजुरीबिरुद्ध सुनुवाई गरेको हो। 

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए। उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदुतविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।

समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदुत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदुत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदुतावास स्थापित गर्न पहल गर्ने बताए । उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक ऊर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए । उनले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरि मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पुर्याउन मुख्य भूमिका खेल्ने कुरामा जोड दिने बताए ।

प्रस्तावित राजदूत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपालको आर्थिक, कुटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पुर्याउने गरि वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।

Skip This
Logo