धरानमा हर्क साम्पाङले मतान्तर बढाए, २३ सय बढी मतले अगाडि

धरानमा हर्क साम्पाङले मतान्तर बढाए, २३ सय बढी मतले अगाडि


सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार धरानमा साम्पाङले १३ हजार ४०५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ११ हजार ४४ मत पाएका छन्  ।

साम्पाङ राई भन्दा २ हजार ३६१ मतले अगाडी छन्। नेकपा एमालेकी प्रमुख उम्मेदवार मञ्जु भण्डारी (सुबेदी) भने ९ हजार ५४ मत पाएर तेस्रो स्थानमा रहेकी छन् । 

उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको अग्रता कायमै छ। उनले हालसम्म १३ हजार ५९ मत प्राप्त गरिसकेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्वोले १२ हजार ३१७ मत पाएका छन् । 

Logo