नेपाल–पाकिस्तानबीच पर्यटन प्रवर्द्धनका लागि पूर्वपरराष्ट्रमन्त्री पाण्डेकाे जोड

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवर्द्धनका लागि पूर्वपरराष्ट्रमन्त्री पाण्डेकाे जोड


पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवर्द्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवर्द्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरु बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताए। उनले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरुले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गरे।

राजदूत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताए।

Logo