नवनिर्वाचित मेयर बालेन भन्छन्, “काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु”

नवनिर्वाचित मेयर बालेन भन्छन्, “काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु”


काठमाडौं महानगरपालिकामा विजयी भएपछि मेयर बालेन शाहले  काठमाडौंलाई विश्वकै नमुना सहर बनाउने घोषणा गरेका छन् । 

विजय उत्सव मनाउन निकालिएको विजय र्‍यालीमा शाहले यस्तो घोषणा गरेका हुन् । विजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । विजय रयाली जारी छ । तीनकुनेमा  पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन् ।

बालेनले यसअघि विकास गर्ने नाममा काठमाडौंको कला संस्कृति र सम्पदा मासेको भन्दै आपत्ति जनाउँदै आएका थिए । राष्ट्रियसभाबाट सुरु भएको विजय र्‍यालीमा उनका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा  एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा विजय हासिल गरेका हुन् ।

Logo