राजनीति

२ नं क्षेत्रमा माओवादीका शीर्ष नेता परिचालित हुने

15 Shares

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउने पार्टीका शीर्ष नेता परिचालित हुने जनाएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुने बताउनुभयो । 

प्रवक्ता भुसालका अनुसार सोमबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । 

अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ । 

त्यस्तै माओवादी केन्द्रको आजका लागि बोलाइएको केन्द्रीय कार्यालयको बैठक यही साउन १८ गतेसम्मका लागि स्थगित भएको छ । 

यसैबीच माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं १९ को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको स्वागत गरेको छ । 

प्रवक्ता भुसालले रासससँग कुरा गर्दै निर्वाचन आयोगले गरेको निर्णय कानुनअनुसार नै थियो भन्ने विषयलाई सर्वोच्चको आदेशले पुनःपुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग संवैधानिक आयोग भएकाले उसले गरेको निर्णय नै जायज थियो भन्ने पुष्टि भएको छ ।” रासस 

प्रकाशित: १६ श्रावण २०७४ ०८:४१ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी