1
0
Shares

निर्वाचित भएकै दिन बन्चरेडाँडा पुगे काठमाडौंका मेयर बालेन

1
1
1

निर्वाचित घोषणा भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नुवाकोटको बन्चरेडाँडा पुगेका छन् ।

काठमाडौंको फोहोर ब्यवस्थापन हुँदै आएको नुवाकोटको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट अवलोकनका लागि शाह शुक्रबार त्यहाँ पुगेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन ठूलो मुद्दा बन्दै आएको छ ।

चुनावका बीचमा बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । प्रहरी लगाएर केही दिन अगाडि फोहोर बन्चरेडाँडा पुर्‍याइएको थियो । मेयर शाहले फोहोर व्यवस्थापनबारे स्थानीयका समस्याबारे बुझ्न बन्चरेडाँडा पुगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मात्रै उनलाई काठमाडौैंको मेयरमा निर्वाचित भएको घोषणा गरेको थियो ।

राजनीति समाज

प्रकाशित: १४ जेठ २०७९ ०६:४५ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी