बजेटमा सिद्धार्थ र कर्णाली राजमार्ग किन प्राथमिकतामा परेन : पद्मा अर्याल

बजेटमा सिद्धार्थ र कर्णाली राजमार्ग किन प्राथमिकतामा परेन : पद्मा अर्याल


नेकपा एमालेकी सचिव तथा सांसद पद्मा कुमारी अर्यालले बजेटमा सिद्धार्थ राजमार्ग र कर्णाली राजमार्ग प्राथमिकता नपरेको भन्दै सरकारलाई त्यसको कारण सोधेकी छिन् । आर्थिक वर्ष २०७९र०८० को प्रस्तावित बजेटमाथी बिहीबार प्रतिनिधिसभाको छलफलमा सहभागी हुँदै अर्यालले त्यस्तो बताएकी थिइन् । 

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग र कर्णाली कोहरपुर राजमार्ग सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै पूर्व मन्त्री समेत रहेकी अर्यालले यस्तो महत्वपुर्ण राजमार्ग प्राथमिकतामा नपर्नुको जवाफ मागेकी थिइन् । उनले भनिन्, सिद्धार्थ राजमार्ग जसले पोखरा र लुम्बिनी जोड्छ ।

 कर्णाली जोड्ने कोहलपुर राजमार्गलाई विगत सरकारले प्राथमिकतामा राखेको थियो । तर यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के हो रु यसको जवाफ चाहियो ।ु सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग नपरेको भन्दै ती आयोजना किन नअटेको भन्दै प्रश्न गरेकी थिइन् । 

उक्त सडकको स्तरउन्नती गरेर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्ने सकिने परिकल्पना गरेको स्मरण गर्दै नेता अर्यालले सिद्धार्थ राजमार्गका निम्ती आएको पैसा कता हालिएको छ भनेर प्रश्न गरेकी थिइन् । घुम्तीहरूमा टनेल निर्माण गर्ने । मोडहरू कटिङ गर्ने मिलाउने । भूक्ष्य नियन्त्रणको निम्ती पर्खालहरू लगाउने । अहिले भइरहेको किलोमिटर घटाएर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्न सकिनेगरि सिद्धार्थ राजमार्गको स्तरउन्नती गर्नेगरी विगत सरकारले परिकल्पना गरेको थियोु, उनले भनिन्, ुडिपिआर पनि त्यही खालको तयारी गरेको छ । 

बजेटको सुनिश्चितताको निम्ती जापान बजेटरी सपोर्ट भनेर रातो बुकमा लेखेको छ । पैसा पनि आएको छ । अर्थमन्त्रालयले सम्झौता पनि गरिसकेको छ । तर त्यहाँ काम भएको छैन यो पैसा कहाँ गएको ? किन यसो गरिएको छ ? त्यहाँका निम्ती आएको पैसा त्यहाँ खर्च नगरेर अन्त गरियो यसको स्पष्ट जवाफ चाहियो ।ु उक्त आयोजनालाई अगाडि बढाउनेगरि सरकारले सोच्नुपर्ने भन्दै अर्यालले तुरुन्त काम अगाडि बढाउन आग्रह गरिन् । 

आँधिखोला जलविद्युत परियोजनालाई अगाडि बढाउनेतर्फ सोच्न सरकारलाई आग्रह गर्दै उनले हालसम्म भएका सम्भाव्यता अध्ययनको अवस्थाका बारेमा समेत चासो राखेकी थिइन् । ुविगत ३ वटा आर्थिक वर्षदेखि आँधिखोला जलविद्युत परियोजनाको सम्भाव्यता अध्ययन डिजाइन सर्भे भनेर लगातार पैसा परिरहेको छ । आँधिखोलालाई दुहुनो गाइ नबनाइयोस्ु, उनी भन्छिन्, ुसालै पिच्छे पैसा हाल्याछ सम्भाव्यता अध्ययन भनेको छ छोडेको छ । मान्छेहरू अलपत्र छन् ।

आफ्ना जग्गाहरू ठिक ढंगले सदुपयोग गर्न पाएको छैन । वस्ती निर्माणका निम्ती अन्यौलतामा जनता छन् । अहिलेसम्मको सम्भाव्यता अध्ययनको नतिजा के हो रु हुन्छ भने हुन्छ हुन्न भने हुन्न । किन जनतालाई अन्यौलमा राखेको रु त्यो कामलाई अगाडि बढाउनेगरी यो सरकारले सोचोस् । 

नेता अर्यालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘गफैत हो नी सम्धी’ भनेजस्तो भएको बताइन् । सरकारले आगामी आवका लागि बजेट विनियोजन गर्दा योजना नै नभएका क्षेत्रमा बजेट विनियोजन गरेको तर्क गरिन । बजेट पुर्वाग्रह पूर्ण भएको उनले बजेटले आजको अर्थतन्त्रको समस्यालाई बोध गर्न नसकेको टिप्पणी गरिन् ।

Logo