माओवादी अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा पुगे मेयर बालेन

माओवादी अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा पुगे मेयर बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।

Logo