नेकपा (एस)बाट को को बन्दैछन् मन्त्री ? मन्त्रालय र मन्त्रीहरुको नामावलीसहित

नेकपा (एस)बाट को को बन्दैछन् मन्त्री ? मन्त्रालय र मन्त्रीहरुको नामावलीसहित


स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एकीकृत समाजवादीलले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्दै नेकपा एसले बाँकी सवैलाई फिर्ता बोलाएको हो । एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित ५ जना मन्त्री छन् ।

को कसलाई मन्त्री बनाउँने भन्ने बिषयमा एकीकृत समाजवादीको शनिबारबसेको सचिवालयको बैठक बसेर नाम समेत टुङ्गाएको छ । आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउन निर्णय समेत भइसकेको भएपनि एसले औपचारिक रुपमा भने जानकारी गराएको छैन । 

को को हुन हालका मन्त्री 
हाल समाजवादीबाट मन्त्री भएकाहरुमा प्रेम आले पर्यटनमन्त्री,किसान श्रेष्ठश्रममन्त्री,विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाँक्री शहरी विकासमन्त्री र भवानी खापुङस्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए । 

अब कुन नेतालाई कुन मन्त्रालयको जिम्मेवारी 

नेकपा एकीकृत समाजवादीले आलोपालो मन्त्री बन्ने सहमति गर्दै ६ महिनाका लागि ५ जनालाई सरकारमा पठाएको थियो । स्थानीय तह निर्वाचनमा प्रभाव पार्ने आकलनसहित नेकपा एसले ६ महिना सकिएपछि पनि व्यक्ति हेरफेर गरेको थिएन । 
पार्टी स्रोतका अनुसार जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम तथा रोजगार, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्यर हिरा केसीस्वास्थ्य राज्यमन्त्रीमा सिफारिसभएका छन् । मन्त्री हेरफेरका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सूची बुझाइसकिएको छ ।नेता विजय पौडेलले प्रधानमन्त्री देउवालाई मन्त्रीको नामको सूची बुझाएको बताइएको छ । 

किन भयो हेरफेर
६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँने सहमती यसअगाडीनै भएको थियो । शीर्ष नेताहरूले छलफल र  समझदारीमा उनीहरु फिर्ता आएर नयाँ नेताहरु मन्त्री बन्ने भएका छन् । निर्वाचनको समयमा हाल भएका मन्त्रीहरुको सम्बन्धीत क्षेत्रबाट राम्रो परिणाम नआएका कारण पनि निर्वाचन लगतै मन्त्रीहरुको पद खुस्किएको हुनसक्ने एक नेताको बुझाइ छ । 

खापुङको बढुवा किन ?
यसअघि स्वास्थ तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले ६ महिनापछि मन्त्री बनाउने सर्तमा मात्र राज्यमन्त्रीको जिम्मेबारी सम्हालेका थिए । सो बेला खापुङले राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्न अस्विकार गरेपछि उनलाई ६ महिनापछि हुने मन्त्रीमण्डल हेरफेरमा मन्त्रीमा बढुवा गर्ने सहमति अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । सो अनुरुप खापुङलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको स्रोतले जनाएको छ । यो बारे खापुङले भने कुनै प्रतिक्रिया दिन मानेनन् । 

Logo