बन्चरेडाँडा र सिसडोलवासीका माग तत्काल पूरा गरौं : गगन थापा

बन्चरेडाँडा र सिसडोलवासीका माग तत्काल पूरा गरौं : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले बन्चरेडाँडा र सिसडोलमा गरेका वाचा पूरा गर्न गम्भीर हुने समय आएको बताएका छन् ।

बाचा पूरा गर्न अर्बौ रकम आवश्यक पर्ने बताउँदै उनले त्यसका लागि अनउत्पादक क्षेत्रमा छुट्याइएको रकम कटौती गर्दै सिसडोलमा लगानी आवश्यक रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसद थापाले काठमाडौंमा फ्लाईओभर र अन्डरपास नबनाएर त्यहाँ छुट्याइएको रकम फोहोर व्यवस्थापनमा खर्च गर्न सरकारलाई सुझाए । 

थापाले भने, “भौतिक विकास मन्त्रालयको यस वर्षको बजेटमा काठमाडौंमा फ्लाईओभर बनाउने नीति लिएको छ । अन्डरपास बनाउने भनिएको छ । फोहोरको हल गर्नका लागि सहरी विकास मन्त्रालयको पैसाले पुग्दैन । बन्चरेडाँडा र सिसडोलमा गरेका वाचाहरू पूरा गर्न अर्बौँ रुपैँया चाहिन्छ । काठमाडौंमा योपटक फ्लाईओभर नबनाए पनि हुन्छ । अन्डरपास नबनाए पनि हुन्छ ।” 

उनले फोहोरका विषयमा भइरहेको समस्याबारे सहरी विकासमन्त्रीको जवाफ पनि माग गरे ।

Logo