आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ


प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। ​

धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । 

सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । 

सरकारले सिंहलाई आइजिपीमा नियुक्ति दिएपछि अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन्तुष्ट छन् ।
 

Logo