निर्वाचन अघि वाम एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

निर्वाचन अघि वाम एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भव नभएको दाबी गरेका छन् । 
आजको सचिवालय बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे ।  वामपन्थी र गैरवामपन्थी अलगअलग ध्रुवीकरण हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा छैन ।’ एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्ठाका राजनीति गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनको भनाइ छ ।
 

Logo