कृषि मन्त्री यादबद्वारा कृषि उपज आयात सम्बन्धी संसदलाई जानकारी

कृषि मन्त्री यादबद्वारा कृषि उपज आयात सम्बन्धी संसदलाई जानकारी


कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले प्रतिनिधिसभा सदस्यहरुलाई कृषि उपज आयातको विवरणबारे जानकारी गरएका छन् । प्रतिनिधिसभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि सरकारले कृषि मन्त्रालयका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि गरेका प्रश्नहरुको जवाफ दिँदै उनले आयातको विवरण सुनाएका हुन् । मन्त्री यादवका अनुसार केही वर्ष यता निरन्तर धानउत्पादन र उत्पादकत्वमा वृद्धि हुने क्रममा रहेको थियो । तर, चालु आर्थिक वर्षमा भने बेमौसमी वर्षाका कारण धान उत्पादनमा ७.७४ प्रतिशतले ह्रास आएको उनले बताए ।
मन्त्री यादवले सांसदहरुलाई दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपैयाँ बराबरको धान÷चामल आयात भएको छ ।
१४ अर्ब २९ करोड रुपैयाँको मकै, ५ अर्ब ३७ करोड रुपैयाँको गहुँ, ६ अर्ब १५ करोड रुपैयाँको आलु, २ अर्ब १२ करोड रुपैयाँको प्याज, ५ अर्ब ७ करोड रुपैयाँको स्याउ, ४ करोड ९७ लाख रुपैयाँको गोलभेँडा र १ अर्ब १६ करोड रुपैयाँ बराबरको केरा आयात भएको छ । कृषि उपजको उत्पादकत्व वृद्धिका लागि सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? भन्ने प्रश्न विगतका वर्षहरुमा सरकारको प्राथमिकतामा नपरेका कारण निरन्तर उठिरहेको उनको भनाई छ । तर, वर्तमन सरकारले विशेष प्राथमिकताका साथ बजेट कृषि क्षेत्रमा विनियोजन गरेको उनले बताए ।
 

Logo