आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु


नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णमान शाक्यले बहस गरिरहेका छन् । 

कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Logo