मिडियाको प्रभावकारी परिचालन गरेर बालेन काठमाडौंको मेयर बने : आरजु

मिडियाको प्रभावकारी परिचालन गरेर बालेन काठमाडौंको मेयर बने : आरजु


सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले बालेन साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन् । 

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो ? भनि प्रश्न समेत गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उनको आरोप छ । नेतृ देउवाले पार्टी सिस्टममा नेताहरुले देश चलाउने स्पष्ट पारिन् ।

स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएकोसमेत आरजुको दावी छ । नेतृ देउवाले भनिन् ‘उहाँले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो । रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाललाई उहाँले परिचालन गर्न सफल हुनु भयो ।, राजनीति हो-एभ्रिथिङ ईज फियर भन्छ । हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन् । तर देशलाई जोगाउने हो भने, समृद्ध बनाउने हो भने राजनीति पार्टीहरुले नै गर्ने हो ।’ 

नेतृ देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राखिन् ।

Logo