‘काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउँछन्’

‘काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउँछन्’


काठमाडौं ।

सरकारले काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउने गरेको बताएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले काठमाडौंमा करिब ७० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने गरेको पाइएको हो। कोरोनाको संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नका लागि सरकारको अपीललाई मानेर नाक, मुख राम्रो छोपिने गरि लगाएकोले सबैलाई धन्यवाद दिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

उनले भने, ‘आफ्नो अवलोकन, अध्ययन र विभिन्न सञ्चार माध्यम हरुमा देखाए अनुसार सार्वजनिक स्थानमा चिनेको वा नचिनेको अर्को व्यक्तिसँग २ मिटर दूरी कायम राख्ने गरेका छैनन् ।’

मानिसहरुले अस्पताल, किराना पसलहरूमा २ मिटरको दूरी कायम नगरी तँछाडमछाड गरिरहेको उनले बताए । लाइनमा बस्ने संस्कार विकास नगरेको भन्दै उनले आपत्ति प्रकट गरे।

हतार छ भने घरबाट चाडै निस्कन, बिहान छिटो उठ्ने, पालो कुर्ने र सबैलाई सभ्य बन्न उनले आग्रह गरे। लाइनमा बस्ने हामीलाई सधैं हतारो हुन्छ, सकभर सबैलाई छिटो चाहिएको छ,’ गौतमले भने, ‘लाइनको बिचमा खाली भएमा अर्को मान्छे छिर्छन् अप्ठ्यारो पनि लाग्दैन । पालो बस्दा ठूलो वा सानो केही पनि भइन्‍नँ।’

Skip This
Logo