अफगानिस्तानमा भूकम्पका कारण भएको जनधनको क्षतीप्रति नेपालद्वारा दुःख व्यक्त

अफगानिस्तानमा भूकम्पका कारण भएको जनधनको क्षतीप्रति नेपालद्वारा दुःख व्यक्त


नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु भएका प्रति दुःख व्यक्त गरेको छ । 

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफ्गानिस्तानमा गएको भूकम्पमा परी सयौंको मृत्यु भएकोमा दुःख व्यक्त गरेको हो । 
‘विनाशकारी भूकम्पका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ । 

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ । बुधबार गएको भूकम्पमा परी एकहजार भन्दा बढिको मृत्यु भएको छ, भने कयौँ घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन ।

Logo