शंकर थापा स्माईलको ‘सार्टनैको चोली’ मा सरोज र आश्माको नृत्य (भिडियो)

शंकर थापा स्माईलको ‘सार्टनैको चोली’ मा सरोज र आश्माको नृत्य (भिडियो)


काठमाडौं ।

‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ लगायत गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा अम्बिका गुरुङको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ । गीतमा शंकरका साथमा दीपा लामाको आवाज सुन्न सकिन्छ ।

‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको नृत्य रहेको छ ।

भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् । आफ्ना यस अघिका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाले बिश्वास व्यक्त गरेका छन् । यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नवीन निरौलाको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ ।

Logo