महाँकाल गाउँपालिकाको नाम परिवर्तन निर्णय विवादमा, ज्ञापनपत्र बुझाउदै एमाले

महाँकाल गाउँपालिकाको नाम परिवर्तन निर्णय विवादमा, ज्ञापनपत्र बुझाउदै एमाले


ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।

गत असार १० गते बसेको दोस्रो गाउँसभाले  गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो । एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए । 

आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर,बैर्तणी,तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ । राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।

Logo