एमसीसीमा प्रचण्डले दोहोरो चरित्र देखाए : ओली

एमसीसीमा प्रचण्डले दोहोरो चरित्र देखाए : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताए ।

ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । जनताको दबाबपछि उहाँहरु पास गर्दैनौं भन्न बाध्य हुनुभयो ।’ राष्ट्रियताको सवाललाई मान्छेले निकै सस्तो बनाएको टिप्पणीसमेत उनले गरे । प्रचण्डको नाम नलिए पनि उनीतिरै लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटक पटक भनिरहेका छन्, अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । यो भन्दा बढ्ता ढाँट कुरा, यो भन्दा बढ्ता फट्याइँ के हुन्छ ?’

 

Logo