स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, मिसन १६५ सञ्चालन गर्ने

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, मिसन १६५ सञ्चालन गर्ने


स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलायन्स) बनाउने प्रस्ताव गरेको छ ।

अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन ।

उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् ।

’अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं’ अवधारणापत्रमा भनिएको छ ।

देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

Skip This
Logo