युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गरिने : श्रम मन्त्री कुँवर


श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निर्माणमा परिचालन गर्न पहल गर्ने बताएका छन् । 

शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुंवरले युवालाई स्वदेशमै रोजगारी सृजना गर्न पहल गर्ने बताएका हुन् ।

देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए । जोश जाँगर र देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफुले सम्हालेको जिम्मवारी पुरा गर्नका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् । साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।

Logo