२४ साउन २०७९ मंगलबार
1
1
1
1

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली

1
1
1
1
1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । 

एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए । 

उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाब दिए ।  

उनले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नु पर्ने बताए । 

 

राजनीति

प्रकाशित: १८ असार २०७९ १७:४४ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी