फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ, कति पुग्यो हेर्नुहोस

फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ, कति पुग्यो हेर्नुहोस


नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ ।

गएराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो । नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाएको निगमले जनाएको छ । 

Logo