२ बजेसम्मका लागि संसद बैठक स्थगित

२ बजेसम्मका लागि संसद बैठक स्थगित


प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । 

आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

Logo