गठबन्धन त्यागेर आए माओवादी र एकीकृत समाजवादीसँग एकता हुन्छ : योगेश भट्टराई

गठबन्धन त्यागेर आए माओवादी र एकीकृत समाजवादीसँग एकता हुन्छ : योगेश भट्टराई


नेकपा एमाले का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादी लाई आग्रह गरेका छन् । 

मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लाई एकतामा आउन आग्रह गरे । 

उनले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताउनु भयो । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उहाँले अगाडी जाने बारेमा मात्रै सोच्नुपर्ने  बताए । 

भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए । 

उनले भने ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडी नफर्किउँ कसले के ग¥यो भन्ने कुरा । त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि, स्वर्ग जाने हो भने त गोजिमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजिमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर ग¥यो भने अन्त गइन्छ ।  अनि हामी सँगसँगै हुँदै जाऔँ । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौँ । जुन बेलाबाट हामी एउटै बाटोमा हिडौँला त्यो बेलाबाट एउटै बाटोमा हिडौँला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो । अब अलि छिटो एउटै बाटोमा नहिडौँ न त ठिकै छ । एउटै दिशामा जाउँ । लेन अलिकति फरक जाउँ न त । लेन फरक जाऔँ दिशा एउटै गरौँ । कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त । आजका नेताहरुको पालना भएन भने तपाई र मेरो पालामा गरौँला न त के फरक प¥यो र । यदी त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताए । उनले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताए । 

 देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाई छ । उनले भने, ‘राष्ट्रिय समथ्र्य भएको शक्ति चाहिन्छ जसले शिक्षामा पनि ठूलो क्रान्ति गर्नसक्छ । त्यो सामथ्र्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो । अरुले सक्नेवाला छैनन् । त्यो शक्तिले नै हाम्रा छिमेकी हुन चाहे हाम्रा टाढाका मित्रहरु हुन् । तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमी सँग हामी यति सहयोग लिन्छौँ । यति लिन्नौँ । तिम्रो यो शर्त मान्छौँ । यो शर्त मान्दैनौँ । हामी त्यो भन्न सक्छौँ । यदी त्यो शक्ति भएन भने त्यो भन्न सकिदैन । जब त्यो भन्न सकिँदैन ब्वाँसोले पछाडीबाट भैंसिलाई कन्याउँदै त्यसको भित्र सबै खाएजस्तो साम्राज्यवादीहरुले, आजको दलाल पुँजीले यदी राष्ट्रिय सामथ्र्य भएको शक्ति भएन भने कन्याउँदै कन्याउँदै भित्र सबै खाइदिन्छ । हाम्रो शिक्षा प्रणालीलाई त्यसबाट जोगाउँदै दक्ष शिक्षा प्रणालीतिर लानको निम्ति राष्ट्रिय सामथ्र्य भएको नै चाहिन्छ ।’

उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गरे । 
 

Logo