पार्टी दर्ता गर्न वामदेव गाैतम निर्वाचन आयोगमा

पार्टी दर्ता गर्न वामदेव गाैतम निर्वाचन आयोगमा


पार्टी दर्ता गर्न वामदेव गौतम निर्वाचन आयोग पुगेका छन् । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान दर्ताका लागि निर्वाचन आयोगमा पुगेको हो । 

मंगलबार दिउँसो वामदेव गौतम संयोजक हुनेगरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको छ ।  

पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ भने यसका संयोजक वामदेव गौतम रहने गरी दर्ता प्रक्रिया अघि बढाइएको हो। 

निर्वाचन आयोगमा उक्त दलको निवेदनको दर्ता नम्बर ६४ रहेको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए। 

उनका अनुसार ३ वटा चुनाव चिह्न आयोगमा प्रस्ताव गरिएको छ। ‘३ वटा नाम हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘आयोगले कुन चिह्न दिन्छ त्यही कायम हुन्छ।’ ७५ जना केन्द्रीय सदस्य हुनेगरी गत १४ असारमा गौतमले पार्टी घोषणा गरेका थिए। 

 

Logo