महिलाले अधिकार प्राप्त गर्न रचनात्मक आन्दोलन गर्नुपर्छ :उर्जामन्त्री भुसाल

महिलाले अधिकार प्राप्त गर्न रचनात्मक आन्दोलन गर्नुपर्छ :उर्जामन्त्री भुसाल


उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आज काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको उल्लेख गर्दै अधिाकार प्राप्त गर्न रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी हुन्  ।

अधिकार खोज्नु महिलाहरुको राजनीति,कानूनी अधिकार भएको उनको दाबी छ । मन्त्री भुसालले संविधान र कानूनले सम्पतीको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिएपनि व्यवहारमा लागू नभएको जिकिर गरिन् । मुलुकमा १० वर्षे जनयुद्ध लडेर गणतन्त्र ल्याएर देशमा राजा हटाएको भन्दै जन्मदै मालिक हुने छोरा, घरको मालिक हुने पुरुष र घरघरमा राजा र युवा राजा भन्ने अवस्था नभएको उनको भनाइ छ ।

Logo