११ असोज २०७९ मंगलबार
1
1
1
1

संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेखन आज टुङ्ग्याउने

1
1
1
1

बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ । 

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ । आज राति अबेरसम्म प्रतिवेदनको काम सकेर भोलि बुझाउने समितिले तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ । त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने पनि बताइएको छ ।

औपचारिक र अनौपचारिक रूपमा छलफल भइरहेकाले सर्वसम्मत प्रतिवेदन बनाउने प्रयास भइरहेको सचिव अर्यालले बताए । थपिएको म्याद आज सकिने भएपछि हिजो लगातार ६ घण्टा समितिको बैठक बसेको थियो । मंगलबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुई अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ । २२ असारमा गठन भएर एक सातापछि काम सुरु गरेको समितिले तोकिएको १० दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ मा ७ दिन म्याद थपिएको थियो । 

राजनीति

प्रकाशित: १२ साउन २०७९ ११:४१ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी